काठमाडौँ, १७ फागुन (रासस) फागुन २१ मा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचन नेपाली राजनीतिका लागि सामान्य आवधिक चुनाव मात्र होइन, दलहरूको एजेन्डा, नेतृत्व र अस्तित्वको अग्निपरीक्षा बनेको छ । विगतका निर्वाचनमा जस्तै यसपटक पनि सत्ता–प्रतिस्पर्धा त छँदैछ, तर मनोदशाको तहमा हेर्दा राजनीतिक परिदृश्य निकै फरक देखिन्छ । अघिल्ला चुनावमा दलहरूले सङ्घीयता, गणतन्त्रको संस्थागतकरण, संविधान कार्यान्वयन, समावेशिताजस्ता…