ब्रेकिंग न्युज

बाढीपीडितको पीडामा अमृते सामुदायिक वनको साथराहत कोषमा एक लाख रुपैयाँ सहयोग



बाणगंगा, कपिलवस्तु १६ भदौं

कपिलवस्तुको बाणगंगा नगरपालिका–९, भर्तापुरस्थित श्री अमृते सामुदायिक वन उपभोक्ता समूहले बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण ठूलो जनधनको क्षति भइरहेका बेला विपदमा परेका नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामुदायिक वनले राहत कोषमा उक्त रकम प्रदान गरेको हो।


सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यतालाई आत्मसात् गर्दै विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिएको जनाएको छ। विपद् कुनै व्यक्ति, समुदाय वा क्षेत्रको मात्र समस्या नभई साझा चुनौती भएकाले सबै पक्षले आ–आफ्नो क्षमता अनुसार सहयोग गर्नुपर्ने सन्देशसमेत समूहले दिएको छ।
एक लाख रुपैयाँको सहयोगले विपदमा परेका परिवारको तत्कालीन राहत तथा आवश्यक सामग्री व्यवस्थापनमा केही भए पनि योगदान पुग्ने विश्वास गरिएको छ।
सामुदायिक वनले गरेको सहयोगले स्थानीयस्तरका संघसंस्था तथा अन्य समुदायलाई पनि विपद् प्रभावितको सहयोगमा अघि बढ्न प्रेरणा मिल्ने अपेक्षा गरिएको छ। मानवीय संकटका बेला आर्थिक सहयोगसँगै सहकार्य, सद्भाव र सामाजिक जिम्मेवारीले प्रभावित नागरिकको मनोबल बढाउन महत्वपूर्ण भूमिका खेल्ने सामुदायिक बनका अगुवाहरुको प्रतिक्रिया रहेको छ ।

प्रकाशित : १६ भाद्र २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६