तनहुँ, ०९ भाद्र । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारमा हिजो बेलुका तीन वर्षीय बालकलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको छ । स्थानीय सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरी गम्भीर घाइते बनाएको हो । हिजै बेलुका त्यही ठाउँका हेमबहादुर रानाको खसीलाई चितुवाले आक्रमण गरेर घाइते बनाएपछि बालक परियारलाई समेत चितुवाले आक्रमण गरेको…