बाँके, १० साउन । बाँकेको कोहलपुर नगरपालिका–१४ मा रहेको पार्वतीपुरमा आज एक दम्पती आफ्नै घरमा मृत अवस्थामा भेटिएका छन् । २५ वर्षीय कृष्णकुमार गडेरिया र उहाँकी २३ वर्षीया श्रीमती अञ्जली गडेरिया मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । कृष्णको मुखबाट रगत आएको र दायाँ हातमा चोट लागेको…