काठमाण्डौ – अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा नयाँ बानेश्वरमा रहेको संसद् भवन अगाडि प्रदर्शन भइरहँदा यसको समर्थनमा पनि प्रदर्शन गरिएको छ । स्वतन्त्र नागरिक समाजको आयोजनामा आज बुधवार अनामनगरबाट सुरु भएको मोटरसाइकल र्यालीले माइतीघर मण्डलालगायत विभिन्न ठाउँको परिक्रमा गरेको थियो । र्यालीले एमसीसी नेपालको विद्युत् विकासको मेरुदण्ड रहेको र विकासमा राजनीति नगर्न माग गर्दै र्यालीका…