काठमाडौं, ४ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । आज बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले उक्त निर्देशन दिएका हुन् । ‘देशको समृद्धिको विकासको जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि…