काठमाडौं २६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेससँगको गठबन्धन कम्फर्टेबल नभएपछि समीकरण बदलेको ब्रिफिङ गरेका छन्। शनिवार बसेको संसदीय दलको बैठकमा एमालेसँग गठबन्धन नभई सहकार्य थालेको बताए।प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सांसदले भने– केन्द्रीकरण, ध्रुवीकरण र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै विकासको नेतृत्व गर्न कांग्रेससँग कम्फर्टेबल भएन। उहाँहरू पछाडि फर्केजस्तो देखियो। बजेट निर्माण, मन्त्रालय सञ्चालनदेखि…