काठमाडौँ, ७ फागुन नेपालबाटै पहिलोपटक प्रकाशन भएको नेपाली भाषाको साहित्यिक पत्रिका सुधासागरलाई आधार मान्दा नेपाली पत्रकारिताको इतिहासले १२७ वर्ष पूरा गरेको छ । यो मासिक पत्रिकाको प्रकाशन विसं १९५५ साउनमा भएको थियो । त्यसको तीन वर्षपछि अर्थात् विसं १९५८ को वैशाख २४ गते साप्ताहिक पत्रिकाका रुपमा गोरखापत्र प्रकाशन भएपछि नेपालमा अखबारी पत्रकारिताको सुरुआत भएको मान्न…