अन्तर्राष्ट्रिय

अमेरिकाविरुद्ध नेपालको ब्याटिङ सुरु, आसिफ शेख आउट



काठमाडौँ, १५ कात्तिक

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत युएईमा जारी एकदिवसीय शृङ्खलामा अमेरिकाविरुद्धको खेलमा नेपाललाई सुरुआतमै झट्का लागेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट भएका छन् । उनलाई दोस्रो ओभरको दोस्रो बलमा नोस्तुस केन्जिजले बोल्ड गरे ।

आजको खेलमा नेपालले सोमपाल कामीको स्थानमा नन्दन यादवलाई मौका दिएको छ । जारी शुङ्खलामा नेपालले खेलेका दुवै खेलमा पराजित भएको छ । नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रन र दोस्रो खेलमा यूएईसँग पाच विकेटले पराजित भएको थियो । नेपालको प्लेइङ–११ मा कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुल्शन झा, करण केसी, सन्दीप लामिछाने, नन्दन यादव र ललित राजवंशी छन् ।

प्रकाशित : १६ कार्तिक २०८२, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६