ब्रेकिंग न्युज

उद्धार र राहतमा सघाउन आग्रह



नुवाकोट, १२ भदौ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले स्थानीय बासिन्दाले बनाएको योजनाअनुसार नेकपा (एमाले)का नेता तथा कार्यकर्ता उद्धार, राहात, पुनर्निर्माण तथा पुनःस्थापनाको काममा खटिने बताउनुभएको छ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्र नुवाकोटका विभिन्न ठाउँमा स्थलगत निरीक्षणपछि पार्टीका जिल्ला नेता तथा कार्यकर्तासँग कुरा गर्दै उहाँले स्थानीय आवश्यकताका आधारमा आफूहरू खटिने बताउनुभएको हो । ठूला प्राकृतिक विपत्तिमा पनि एमालेका नेता, कार्यकर्ताले श्रमदान गरेर उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणको काम गरेको स्मरण गर्दै उहाँले यसपटक पनि सोहीअनुसार खटिने उहाँको भनाइ थियो । “तपाईँहरूले योजना बनाउनुहोस् । यस्तो प्रकारको सीप भएका जनशक्ति चाहियो भन्नुहोस् । पार्टीले त्यस्ता जनशक्ति पठाउँछ”, महासचिव पोखरेलले भन्नुभयो । सो पार्टीको प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार नुवाकोट सदरमुकाम विदुरमा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इन्चार्ज केशव पाण्डे र केन्द्रीय सदस्य एवं रसुवाका इन्चार्ज प्रेम तामाङले जिल्लामा बाढीले पुर्याएको क्षतिका बारेमा महासचिव पोखरेललाई जानकारी गराउनुभएको थियोे ।

प्रकाशित : १२ भाद्र २०८३, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६