बुटवल, २३ मंसिर । शुक्रबारदेखि राजधानी काठमाडौंमा सुरु हुने नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा लुम्बिनीबाट झण्डै दुई दर्जन नेताले उम्मेदवारी दिने तयारी गरेका छन् । पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म गरी दुई दर्जन नेताले उम्मेदवारीका लागि तयारी गरेका हुन् । गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाणले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । रुपन्देहीका बासिन्दा खाण परिआएमा महामन्त्रीका…