ऐजेन्सी, २२ चैत्र ।श्रीलङ्काका अर्थ मन्त्री अली साबरीले नियुक्त भएको एक दिनमै राजीनामा दिनुभएको छ । हिजो सोमवार बिहान २६ जना मन्त्रीले सामूहिक राजीनामा दिएपछि राष्ट्रपति गोटाबाया राजापाक्षेले साबरीलाई अर्थ मन्त्रीमा नियुक्त गर्नुभएको थियो । तर उहाँले आज मङ्गलवार राष्ट्रपतिलाई पत्र लेखेर राजीनामा दिनुभएको हो । साबरीले आफूले धेरै सोचविचार गर्दा देशको बिग्रिएको अर्थतन्त्र सुधार्नका…