कपिलवस्तु, बैशाख २७ कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. ११ मा कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने वडाध्यक्षका उम्मेद्वार चेतनारायण ढकालले बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार ढकालले अधिकांश वडावासीहरु कृषि पेशामा आश्रित भएकाले कृषिमा आधुनिकिरण गरि व्यवसायीक कृषिमा आकर्षित विशेष योजनाका साथ लाग्ने बताउनुभयो ।विगतमा एमालेका जनप्रतिनिधि नभएकाले विकासका थुप्रै कामहरु…