काठमाण्डौ, ०६ वैशाख । प्रधानमन्त्री शेरबहादुर देउवाले अरू दलसँग चुनावी गठबन्धन नगर्ने हो भने कांग्रेसको हालत पहिलेकै चुनावको जस्तो हुने बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले काठमाण्डौमा गरेको कार्यक्रममा नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गठबन्धन नगरि चुनाव लडेमा पहिलेको जस्तै हालत हुने भएकाले गठबन्धनको आलोचना र विरोध नगर्न आग्रह गर्नुभयो । ‘गठबन्धन टुटाउने…