काठमाण्डौ, १८ चैत्र । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा भर्चुअल माध्यामबाट शनिबार नेपाल रेल सेवाको उद्घाटन गर्नुहुने भएको छ । प्रधानमन्त्री देउवा र भारतका समकक्षी मोदीले शनिबार दिउँसो साँढे १२ बजे नयाँदिल्लीमा रहेको हैदरावाद हाउसबाट रेल सेवाको भर्चुअल उद्घाटन गर्नु हुने भएको हो । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले…