कपिलवस्तु, ०८ वैशाख । कपिलवस्तु गोरुसिंगेमा रहेको सेनाको शमशेर दल गणमा गोली लागेर घाइते भएकी एक सैनिक जवानको उपचारका क्रममा ज्यान गएको छ । झापाको गौरादह नगरपालिका–१ की २४ वर्षीय सैनिक जवान कोपिला राजवंशीको उपचारका क्रममा आज बिहान भैरहवा युनिभर्सल कलेज रुपन्देहीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताउनुभयो ।…