राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेसम्म ठीक नेता र ठीक पार्टी रोज्न नसक्दा नेपाली जनताले दुःख पाएको दावी गरेका छन्। उनले २०४६ सालयता भएका हरेक निर्वाचनमा जनताले ठीक पार्टी र ठीक नेता चुन्न नसकेको बताए। ‘नेपाली जनताले पूर्व जन्ममा कुनै पाप र अपराध गरेबापत दुःख भोग्नु परेको होइन,’ अध्यक्ष लिङ्देनले सोमबार सुनसरीको बराहक्षेत्रमा आयोजित…