बुटवल, ०७ चैत्र । बुटवलमा ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । यातायात व्यवस्था कार्यालय लुम्बिनीले शनिवार लिएको सवारी चालक अनुमति पत्रको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ परेका हुन् । पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ का २२ वर्षीय उद्दयराज भण्डारी, कपिलबस्तु नगरपालिका–४ का २० वर्षीय दुर्गेश पाल, भारत उत्तर प्रदेश…