अर्थ-वाणिज्य

तुलसीपुर उपमहानगरपालिकाको लक्ष्य अनुसार राजस्वस ङ्कलन कठिन  



      
   
दाङ, १९ साउनः

तुलसीपुर उपमहानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको छैन ।    
    
आर्थिक वर्ष २०८२/८३ मा उक्त नगरपालिकाले रु ७२ करोड १५ लाख राजस्व जम्मा गर्ने लक्ष्य राखेको थियो । गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा उपमहानगरपालिकाको भवन जलेर क्षतिग्रस्त भएपछि लक्ष्य अनुसारको राजस्व जम्मा हुन कठिन भएको सूचना अधिकारी यज्ञबहादुर केसीले बताउनुभयो ।    
    
उपमहानगर पालिकाले आर्थिक वर्ष २०८२/८३ जम्मा रु ४१ करोड ७६ लाख ९० हजार ७० राजस्व सङ्कल गरेको छ । सम्पत्ति करबाट रु एक करोड ९५ लाख ९९ हजार २११, भूमिसम्बन्धी करबाट रु दुई करोड ४० लाख १० हजार ३६९, नदीजन्य पदार्थ ठेक्काबाट रु एक करोड ५२ लाख ९६ हजार १३२ र मालपोत करबाट रु १६ करोड ९१ लाख ९० हजार ६७४ राजस्व जम्मा गरिएको थियो ।    
    
अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाले रु ३६ करोड ७१ लाख राजस्व सङ्कलन गरेको थियो । उपमहानगरले सरसफाइ, पर्यटन, नक्सा पास, व्यवसाय, घर बहाल, सम्पत्ति करलगायत शीर्षकबाट राजस्व सङ्कलन गर्दै आएको छ ।        

प्रकाशित : १९ श्रावण २०८३, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६