कपिलवस्तु, १० बैशाख । कपिलवस्तुको वाणगंगामा अन्ततः तीन दलीय गठबन्धन बीच चुनावी तालमेल हुने भएको छ । आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मनोनयन दर्ताको पूर्व सन्ध्यामा तीन दलीय गठबन्धन बीच चुनावी तालमेल भएको हो । नेकपा (एकीकृत समाजवादी) वाणगंगा नगर कमिटीको कार्यालयमा शनिबार बसेको बैठकले राष्ट्रिय जनमोर्चालाई मेयर र एकीकृत समाजवादीलाई उप…