राँझा (बाँके), १२ कात्तिक वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन् । धान काटिसकेका तर अहिलेसम्म भण्डारण गर्न नपाएका किसानलाई पानी परे खेतको बाली भिज्ने डर छ । काट्न बाँकी रहेकालाई पनि हावाहुरी र पानीले धान ढाल्ने चिन्ता छ । धानको बाला लामो समयसम्म भिजे बिग्रने जोखिम हुने…