भैरहवा (रुपन्देही), २७ चैत गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा सम्भावित हवाई दुर्घटनापछि गरिने उद्धार तथा प्रतिकार्यलाई प्रभावकारी बनाउने उद्देश्यले बृहत् सङ्कटकालीन पूर्वाभ्यास सम्पन्न गरिएको छ । विमानस्थलका महाप्रबन्धक श्यामकिशोर साहले यदाकदा हुनसक्ने दुर्घटनाबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र उद्धारमा संलग्न निकायको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित उक्त अभ्यास गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वाभ्यासअन्तर्गत दुर्घटना भएको…