काठमाडौँ, २३ पुस नेपाल प्रहरीको सामाजिक सञ्जाल प्रयोगसम्बन्धी नीति विपरीत गैर व्यावसायिक एवम् अमर्यादित सामग्री पोष्ट गर्ने ५९९ जना प्रहरीलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म फेसबुक, एक्स, टिकटकलगायतका विभिन्न सामाजिक सञ्जालमा सङ्गठनविरूद्ध अमर्यादित टिप्पणी गर्ने एवम् प्रहरी पोशाकको दुरूपयोग गर्ने प्रहरी नायब महानिरीक्षकदेखि कार्यालय सहयोगीसम्मलाई विभागीय कारबाही गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता…