बाणगंगा, कपिलवस्तु १, माघ शिक्षासँगै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गर्दै रोट्र्याक्ट क्लब अफ बुटवल डाउनटाउनले बाणगंगा नगरपालिका–११ हथौसास्थित श्री हेमराज माध्यमिक विद्यालय, हथौसा, कपिलवस्तुमा अध्ययनरत १०१ जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरेको छ। क्लबको २४औँ स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीहरूको पठन पाठन यात्रालाई सहज बनाउने र जाडो मौसममा उनीहरूलाई सुरक्षित राख्ने उद्देश्यका…