काठमाडौँ, २३ भदौ नेपाल प्रज्ञा-प्रतिष्ठानले जेनजी पुस्ताका लेखकलाई सिर्जनात्मक रचना आह्वान गरेको छ । प्रतिष्ठानको आयोजनामा साहित्यप्रति नवपुस्ताको अभिरुचि, सिर्जनशीलता र मौलिक लेखन प्रोत्साहन गर्ने उद्देश्यले ‘जेनजी’ उमेर समूहका लेखकका पुस्तक प्रकाशन गर्न लागिएकाले कथा, कविता र संस्मरण विधामा रचना उपलब्ध गराउन आह्वान गरिएको हो । सन् १९९७ देखि सन् २०१२ सम्म जन्मिएका (जेनजी उमेर…