बुनु थारु, रासस काठमाडौँ, २ असोजः सोह्र वर्षीया एक किशोरी रातभर निदाउन सक्नुभएन । बारम्बार जेनजी प्रदर्शनका दृश्यहरू झल्झली आँखामा आउन थालेपछि छटपटी भइरह्यो । पढाइमा पटक्कै मन गएन । समस्या जटिल बन्दै गएपछि परिवारले उहाँलाई लगनखेलस्थित मानसिक अस्पताल पु¥यायो । चिकित्सकले उहाँलाई शान्त रहने अभ्यास सिकाउँदै औषधि दिएका छन् । अर्का एक २५ वर्षीय…