काठमाडौँ, २८ भदौ विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गर्नुभएकामा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिनु भएको छ । पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त हुनु भएलगत्तै रानाले शुभकामना दिनुहुँदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताउनुभएको छ…