कपिलवस्तु, १९ बैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पत्रकारले आशावादी सञ्चार गर्न आवश्यक रहेको बताउनुभएको छ । दाङको भालुवाङमा नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । मुख्यमन्त्री महराले पछिल्लो समय जनतामा बढिरहेको नकारात्मकतालाई वास्तविकतामा बदल्ने काम पत्रकारले गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,…