काठमाडौं, ५ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको उपनिर्वाचनमा सहभागी हुने भएको छ । पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले उपनिर्वाचनमा सहभागी हुने निर्णय गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी गराए । ‘स्थानीय तहको उप निर्वाचनका आम नागरिकको अधिकार प्राप्तका लागि सुशासन कायम गर्ने बलियो कडिका रुपमा बढाउने निर्णय भएको छ,’ बुर्लाकोटीले भने…