काठमाडौँ, २२ पुस नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनमा कुनै दलसँग गठबन्धन नगरिने स्पष्ट पार्नुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको केन्द्रीय परामर्श समितिको बैठकपछि सञ्चारकर्मीसँग उहाँले भन्नुभयो, “कुनै गठबन्धन भएको छैन, हुँदैन पनि ।” अन्य राजनीतिक दलबीच भएको र हुनसक्ने गठबन्धनबाट नेकपा नडराएको जनाउँदै संयोजक दाहालले राष्ट्रियसभामा दलहरूबीच सिट बाँडफाँट…