खजुरा, ०६ असार । बाँकेमा पर्खाल भत्किएर एक महिलाको मृत्यु भएको छ । गएराति आएको हावाहुरीले कोहलपुर नगरपालिका १४ हवल्दारपुरस्थित राम्रो पेपर इन्टरप्राइजेज उद्योगको पर्खाल भत्किँदा च्यापेर एक महिलाको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता एवम् सूचना अधिकारी नारायण डाँगीले जानकारी दिनुभयो । उक्त उद्योगको पर्खालले च्याप्दा गढीमाई उपमहानगरपालिका ८, जितपुर तेरागाउँ बारा स्थायी ठेगाना भएकी…