रुपन्देही, २० जेठ । रुपन्देहीको एक सहकारीले विद्युतीय गाडीलाई लक्षित गरी फास्ट चार्जिङ स्टेशन सञ्चालन गर्ने भएको छ । बुटवलको इन्द्रेणी बहुउद्देश्य सहकारी संस्थाले पूर्व पश्चिम राजमार्गबाट बुटवल अन्तर्राष्ट्रिय प्रदर्शनीस्थलको सय मिटर उत्तरतर्फ चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन लागेको हो । एक करोड लगानीमा ३ वटा मेसिन जडान गरी जेठभित्र सञ्चालनमा ल्याउने तयारी गरेको पत्रकार सम्मेलन…