कपिलवस्तु, ५ असार कपिलवस्तुको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा जिल्लामै पहिलो पटक अत्याधुनिक ल्याप्रोस्कोपिक मेसिन भित्रिएको छ। सहकारी मोडलमा सञ्चालित युनाईटेड अस्पतालले उक्त प्रविधि सञ्चालनमा ल्याएसँगै स्थानीय नागरिकले अब आधुनिक, सुरक्षित र न्यून चिरफारयुक्त शल्यचिकित्सा सेवा आफ्नै जिल्लामा प्राप्त गर्न सक्ने भएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट समिर खाँनका अनुसार ल्याप्रोस्कोपिक प्रविधिको प्रयोगबाट पित्तथैली, एपेन्डिक्स, हर्निया, स्त्रीरोगसम्बन्धी…