जेठ १९,काठमाण्डौ - नेपालमा पशुचौपायामा लाग्ने लम्पी स्किन रोग महामारीका रुपमा फैलिएको छ । पशु सेवा विभागका अनुसार गर्मीयाम सुरु भएसँगै देखा परेको यो रोग अहिले देशभर फैलिएको छ । अहिले देशका ४० जिल्लामा झण्डै ४ देखि ५ लाख पशुचौपायामा सङ्क्रमण फैलिएको विभागको तथ्याङ्क छ । त्यस्तै, ६ हजारभन्दा धेरै सङ्क्रमित पशु चौपाया मरेका छन्…