दाङ, ३१ असार । डिभिजन वन कार्यालय दाङले घरघरमै पुगेर निःशुल्क बिरुवा वितरण सुरु गरेको छ । गाउँनगर बिरुवा वितरण तथा रोपण सहजीकरण अभियान कार्यक्रम अनुसार नागरिकलाई घरमै बिरुवा दिन सुरु गरिएको हो। बिरुवा लगाउन खोज्ने तर नर्सरीसम्म पुग्न झन्झट मान्नेहरुको सहजताका लागि घरघरमै बिरुवा वितरण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी…