कपिलवस्तु, २८ पुस । कपिलवस्तुमा सार्वजनिक बिदाका दिन सरकारी नम्बर प्लेटका गाडी सञ्चालन गरेको पाइएपछि प्रहरीले १५ वटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ। सार्वजनिक बिदाका दिन अनुमतिबिना (पासबिना) सरकारी सवारीसाधन सञ्चालन गर्न नपाउने नियम छ। बुधबार सार्वजनिक विदाको दिन प्रशासनको अनुमतिबिना सञ्चालन भएका दुई र चार पाङ्ग्रे गरी १५ वटा साधनलाई प्रहरीले होल्डमा राखी अबदेखि आवश्यक…