चितवन, २० वैशाख । सत्तारुढ पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिकामा २२ वैशाखमा संयुक्त आमसभा गर्ने भएको छ । आमसभालाई सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तय भएको नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए । भरतपुरको हाकिम चोकमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल…