जेठ १४, काठमाण्डौ -नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मकवानपुरको हेटौँडा उपमहानगरपालिका थानाभर्याङमा निर्माणाधीन सबस्टेसनको अनुगमन गर्नुभएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माणाधीन ४०० केभी, २२० र १३२ केभी सबस्टेसनको निर्माण प्रगतिका विषयमा हिजो अनुगमन गरी जानकारी लिनुभयो ।गएको फागुन अन्तिम हप्ता पनि अनुगमन गरेका उहाँले २२० केभी सबस्टेसन निर्माणमा त्यसपछि कुनै प्रगति नदेखिएपछि…