बाणगंगा, २५ असोज ।राष्ट्रीय जनमोर्चा पार्टी कपिलवस्तुका जिल्ला अध्यक्ष दधिराम आर्चायले राष्ट्रलाई प्रतिगमनबाट बचाउदैँ देशलाई निकास दिन गठबन्धनलाई जिताउँन आवश्यक रहेको बताए । कपिलवस्तु क्षेत्र नः १ (क) मा आज बसेको गठबन्धनको बैठकमा बोल्दै उनले दुई तिहाइ मतलाई अपमान गर्दै देशलाई प्रतिगमन तर्फ एमालेले लैजाने प्रयास गरेका कारण यसका बिरुद्ध सबै एकैजुट भई गठबन्धनलाई जिताउन…