काठमाण्डौ, २८ चैत्र । निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादीलाई स्पष्टीकरण सोधेको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । गएको शनिवार भृकुटीमण्डपमा आयोजित कार्यक्रममा नेकपा एकीकृत समाजवादीले आचारसंहिता उल्लङ्घन गरेको उजुरी आयोगमा परेपछि तीन दिनभित्र जवाफ दिन भन्दै आयोगले पत्र पठाएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।…