कपिलवस्तु, ०५ चैत्र । मदिरा व्यवसायी संघ कपिलवस्तुमा नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ । संघको आठौं साधारण सभा तथा पाँचौं अधिवेशनबाट कुलचन्द्र सिग्देल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अधिवेशनले १६ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ । जसको वरिष्ठ उपाध्यक्षमा गोविन्द प्रसाद पौडेल, प्रथम उपाध्यक्षमा रविन्द्र कुमार गुप्ता (कशौधन), द्वितीय उपाध्यक्षमा सुधिर…