कपिलवस्तु, १२ जेठ ।कपिलवस्तुका उखु किसान १० दिन देखि काठमाडौँको माइतीघर मण्डलामा धर्नामा छन् । लामो समय सम्म आन्दोलनमा रहँदा समेत सरकारले कुनै पनि औपचारिक वार्ताको लागि पहल गरेको छैन । २०७१ सालमा उखुमा दिने भनिएको अनुदान नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान सङ्घर्ष समितिका अध्यक्ष अनुप कुमार चौधरीले…