कपिलवस्तु १८ वैशाख बढ्दो बसाइँसराइका कारण लुम्बिनी प्रदेशका पहाडी जिल्लामा बसोबास गर्ने जनसङ्ख्या घट्दै गएको छ । पहाडी क्षेत्रबाट बसाइँसराइ गर्नेको सङ्ख्या तराई ओर्लेपछि तराईका सहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या दिनप्रतिदिन वृद्धि भइरहेको छ ।जनगणनाले देखाएको तथ्याङ्कले बसाइँसराइका कारणले पहाडी जिल्लाका बस्ती पातलिँदै गएका मात्र छैनन्, कतिपय गाउँबस्ती मानवविहीन बन्दै गएको देखाएको छ । २०४८…