नवलपरासी २२ भदौ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकास्थित सिद्धार्थ माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र बुद्धिलाल हरिजनले शिक्षकको निर्घात कुटाइबाट मानसिक सन्तुलन गुमाउनुभएको छ।शिक्षकको बारम्बारको कुटाइबाट विद्यालय छोड्न बाध्य पारिएका हरिजनमा विद्यालय छाडेको एक वर्षपछि मानसिक असन्तुलनको समस्या देखिएको बुवा नर्मदे चमारले बताउनुभयो। बुवा नर्मदेका अनुसार छोरा बुद्धिलाल कक्षा १० मा पढ्दै गर्दा विद्यालयका…