काठमाण्डौ, १९ माघ । गृह मन्त्रालयलाई लिएर बढ्दो मतभेद मत्थर पार्न सत्ता साझेदार प्रमुख दलहरुले छलफललाई तीव्रता दिएका छन् । गृह मन्त्रालयको विवादकै कारण सत्ता गठबन्धन भत्किन सक्ने जोखिम बढेपछि विवाद समाधानका लागि छलफललाई तीव्रता दिइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग हिजो एमाले अध्यक्ष केपी शर्मा ओली र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले छुट्टाछुट्टै भेट…