काठमाण्डौ, १३ भाद्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा नयाँ र नागरिकले रूचाएका व्यक्तिलाई उम्मेदवार बनाइने बताउनुभएको छ । माओवादीको उपत्यका विशेष प्रदेश समितिको आयोजनामा आज सोमवार आयोजित वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रममा पार्टी र नागरिकले सोच्दै नसोचेको व्यक्तिलाई पार्टीले उम्मेदवार बनाउने उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘नयाँ…