आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग पराजित भएको छ। दुबई क्रिकेट रङ्गशालामा आज भएको खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको हो। युएईले दिएको २०३ रनको लक्ष्य पछ्याएको नेपाल ३५ दशमलव १ ओभरमा सबै विकेट गुमाउँदै १०३ रनमा समेटियो। नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन…