गुल्मी, २० भदौ । गुल्मीमा मातृत्व र पितृत्व ठेगान नभएका ६३ वर्षीय पुरुषलाई नागरिकता प्रदान गरिएको छ। हालसम्म मातृत्व र पितृत्व नखुलेका रेसुङ्गा नगरपालिका– ९ को चारीखोलामा बस्दै आएका ६३ वर्षीय बलबहादुर नेपालीलाई जिल्ला प्रशासन कार्यालय गुल्मीले नागरिकता प्रदान गरेको छ। वडाको सिफारिस र स्थानीयको आग्रहको आधारमा नेपालीलाई नागरिकता प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका…