घोराही, २९ वैशाख । दाङमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिकाको पैयाँखोर भन्ने स्थानमा रा १ ह ५७६९ नम्बरको अटो दुर्घटना हुँदा तुलसीपुर उपमहानगरपालिका–३ निवासी २७ वर्षीय चालक जीवन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । तुलसीपुर बजारबाट पैयाँखोरेतर्फ जाँदै गरेको अटो शनिबार बिहान दुर्घटनामा परेको हो ।…