राजविराज(सप्तरी), २० असोज नेपाली सेनाले सप्तरीको सप्तकोशी नगरपालिकामा डुबानमा फसेका २० जनाको आज उद्वार गरेको छ । नगरपालिका वडा नं ६ स्थित बोचही पोखरीया टोल आसपासका ४२ घरका परिवारको आज उद्वार गरिएको नेपाली सेनाले जनाएको छ । राजविराजस्थित बरख गणको सुरक्षा वेश सप्तरीबाट सहायक सेनानी सुकमन तामाङको नेतृत्वमा खटिएको १४ जनाको टोलीले बाढीमा फसेका अशक्त,…